इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक क्लोपद्धारा सम्झौता नवीकरण

इंग्लिस क्लब लिभरपुलका जर्मन प्रशिक्षक योर्गेन क्लोपले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। थप दुई वर्षको सम्झौता नवीकरण भएको हो।

नेपालभ्युज

इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक क्लोपद्धारा सम्झौता नवीकरण

एजेन्सी। इंग्लिस क्लब लिभरपुलका जर्मन प्रशिक्षक योर्गेन क्लोपले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। थप दुई वर्षको सम्झौता नवीकरण भएको हो।

सम्झौता पुष्टि भएपछि लिभरपुलको आधिकारिक वेबसाइटमा बोल्दै क्लोपले खुशी व्यक्त गरेका छन्। क्लोप सन् २०१५ को अक्टोवरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट दुई वर्षको लागि क्लबमा अनुबन्ध भएका थिए। त्यसको एक वर्षपछि क्लोपले लिभरपुलसँग थप ६ वर्षको सम्झौता गरेका थिए।

५४ वर्षीय क्लोपको प्रशिक्षणमा लगातार उच्च प्रदर्शन गरिरहेको लिभरपुलले समान एकपटक प्रिमियर लिग, इएफएल कप, युइएफए च्याम्पियनस लिग, युइएफए सुपर कप र फिफा क्लब वल्डकप जितेका छन्। यो २०१८ देखि २०२० को सिजनसम्म हो।
क्लोपकै प्रशिक्षणमा लिभरपुल यो सिजन चार उपाधि नजिक रहेको छ। इएफएल कपको उपाधि जितिसकेको लिभरपुल एफए कपको फाइनलमा तथा प्रिमियर लिग र च्याम्पियनसिप लिगको पनि उपाधि नजिक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved