मधेशका तीनसहित १२ स्थानबाट उम्मेदवार मनोनयनको विवरण आउन बाँकी

नेपालभ्युज

मधेशका तीनसहित १२ स्थानबाट उम्मेदवार मनोनयनको विवरण आउन बाँकी

काठमाडौं। स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण निर्वाचन आयोगको सूचना प्रणालीमा समावेश भइरहेको र केही स्थानबाट विवरण प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ।

मधेश प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशका दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी रहेको आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) ले जनाएको छ।

बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाई गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगडीमाइ, लहान र कर्जनाह, दाङको लमही नगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र कालीकोटको पलाता गाउँपालिकाको विवरण प्राप्त हुन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved