आफैले एमालेमा ल्याएकाले टिकट खोसेपछि मिथिलामा निवर्तमान मेयर हरिनारायणले दिए स्वतन्त्र उम्मेदवारी

राजारामले अघिल्लो चुनावमा कांग्रेसबाट बागी बनेर स्वतन्त्रबाट मिथिला नगरपालिकाको मेयर पदमा ३ हजार ५१५ मत ल्याएका थिए। कांग्रेसबाट बागी उम्मेदवार बनेर पराजित भएका महतो मतपरिणाममा तेस्रो स्थानमा थिए।

आफैले एमालेमा ल्याएकाले टिकट खोसेपछि मिथिलामा निवर्तमान मेयर हरिनारायणले दिए स्वतन्त्र उम्मेदवारी

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसअघि, एमालेबाट मेयर बनेका महतोले यसपटक पार्टीले टिकट खोसेपछि पुनः मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका हुन्।

निवर्तमान मेयर हरिनारायण महतोले मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए।

पार्टीको नगर कमिटीले एमालेबाट पुनः मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसेर अन्तिम समयमा राजाराम महतोलाई दिएपछि हरिनारायण पक्षका नेता कार्यकर्ता रुष्ट बनेका छन्।

राजारामले अघिल्लो चुनावमा कांग्रेसबाट बागी बनेर स्वतन्त्रबाट मिथिला नगरपालिकाको मेयर पदमा ३ हजार ५१५ मत ल्याएका थिए। कांग्रेसबाट बागी उम्मेदवार बनेर पराजित भएका महतो मतपरिणाममा तेस्रो स्थानमा थिए।

मेयरमा एमालेका हरिनारायण महतो ६ हजार ७४० मत प्राप्त गरी विजयी भएका थिए। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार महतोले ५ हजार १७८ मत प्राप्त गरेका थिए।

तेस्रो स्थानमा रहेका राजाराम महतोलाई केही वर्ष अघिमात्रै बहालवाला मेयर हरिनारायण महतोले नै पहल गरेर एमालेमा प्रवेश गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved