मनोनयन दर्तापछि हेटौंडाका एमाले उम्मेदवार पौडेलले भने, ‘गठबन्धनले अस्थिरता ल्याउँछ’

पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन्।

मनोनयन दर्तापछि हेटौंडाका एमाले उम्मेदवार पौडेलले भने, ‘गठबन्धनले अस्थिरता ल्याउँछ’

हेटौँडा। नेकपा एमालेले हेटौँडा उपमहानगरपालिकाको मेयर, उपमेयर तथा सबै वडाका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको छ। सोमबार निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा र्‍यालीसहित पुगेर उम्मेदवारी दर्ता गराएको हो।

एमालेको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन्।

पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन्। यी दुवै जनाले मेयरको दाबी गरेका थिए। आज समर्थनमा प्रस्तावक र समर्थक बसेका हुन्।

त्यसैगरी, उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सीता विष्ट रहेका छन्।

एमालेले हेटौँडामा रहेको १९ ओटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुको पनि उम्मेदवारी दर्ता गराएको छ।

मनोनयन दर्तापछि बोल्दै मेयरका उम्मेदवार पौडेलले गठबन्धनले अस्थिरता ल्याउने दाबी गरे।

“गठबन्धनले अस्थिरता बढाउँछ भन्ने कुरा नगरबासीहरुले राम्रोसँग बुझ्नु भएको छ,” उनले भने, “उहाँहरुले मलाई नै जिताउनु हुनेछ।”

उपमेयरका उम्मेदवार काफ्लेले आफूले जित्नलाई नै उम्मेदवारी दिएको बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved