आईपीएलमा मुम्बईको आठौँ हार, लखनउ शीर्ष चारमा 

नेपालभ्युज

आईपीएलमा मुम्बईको आठौँ हार, लखनउ शीर्ष चारमा 

एजेन्सी। इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा लखनउ सुपर जायन्ट्स विजयी भएको छ। लखनउको पाँचौँ जित हो भने मुम्बईको यो लगातार आठौँ हार हो। गएराति भएको खेलमा लेखनऊले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको हो।

मुम्बइको वानखडे स्टेडियममा लखनउले १६८ रनको स्कोर बचाउन सफल रह्यो। लखनउको बलिङका कारण मुम्बई निर्धारित ओभरमा ८ विकेट गुमाएर १३२ रनमा रोकिन पुग्यो।
१६९ रनको लक्ष्य पछ्याएको मुम्बईले पहिलो पावरप्लेमा विकेट नगुमाएर ४३ रन बनाएको थियो। तर यसपटक पनि इशान किशन चल्न सकेनन्। उनी ८ रन बनाएर पभेलियन फर्किए।

त्यसपछि विकेट पतनको शृङ्खला सुरु भएको थियो। तेस्रो विकेटको रुपमा रोहित शर्मा व्यक्तिगत ३९ रन बनाएर पभेलियन फर्किए। तिलक वर्माले ३८ रन जोड्दा किरोन पोलार्डले १९ रन जोडे।

पहिला ब्याटिङ गरेको लखनउले कप्तान केएल राहुलको शतकीय पारिको मद्दतले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो। राहुल १०३ रनमा नटआउट रहे । मनिष पाण्डेले २२ रन जोडेका थिए। मुम्बईका रेलि मोडिथ र किरोन पोलार्डले दुई दुई विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved