राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उमेदवार

नेपालभ्युज

राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उमेदवार

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उमेदवारको रुपमा खडा गरेको छ।

“जनताको चाहना र राप्रपा प्रतिको जनलहरलाई ख्याल राख्दै देशका सबै स्थानीय तहमा उमेदवार छनौटमा छलफल गरिरहेका छौं,” अधिकांश उमेदवार छनोट भइसकेका छन्, आज साँझसम्म सबै तहको उमेदवारी टुंगोमा लगाउछौं,” पार्टी प्रवक्ता मोहन श्रेष्ठले भने।

त्यस्तै नेपालगन्ज उपमहानगरका मेयर रहेका महामन्त्री डा धवल शमशेर राणाले उम्मेदवारी नदिने भएपछि चार दिनअघि मात्रै नेकपा माओवादी केन्द्रबाट राप्रपा प्रवेश गरेका नन्दलाल वैश्यलाई मेयरमा उमेदवार बनाउने राप्रपाले टुंगो लगाएको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved