धादिङमा गठबन्धनले मिलायो भागबण्डा, कांग्रेसले सात ओटा पाउँदा माओवादीलाई तीन मात्र

नेपालभ्युज

धादिङमा गठबन्धनले मिलायो भागबण्डा, कांग्रेसले सात ओटा पाउँदा माओवादीलाई तीन मात्र

काठमाडौं। धादिङमा गठबन्धनले स्थानीय निर्वाचनका लागि भागबण्डा टुंगो लगाएको छ।

जिल्लाका १३ ओटा स्थानीय तह रहेकोमा गठबन्धनको प्रमुख दलले ७ ओटा स्थानीय तहको प्रमुख पाएको छ भने नेकपा (माओवादी केन्द्र) ले तीन ओटा स्थानीय तहको प्रमुख पाएको छ। त्यस्तै नेकपा (एकीकृत समाजवादी) लाई दुई ओटा स्थानीय तह भाग मिलाइएको छ।

थाक्रे गाउँपालिकामा भने पाँचदलीय गठबन्धनको जिल्लास्तरीय संयन्त्रले टुंगो लगाउनेगरी छाडिएको छ।

आज बसेको बागमती प्रदेशस्तरीय गठबन्धनले यो निर्णय गरेको हो। जिल्लामा रहेका दुई नगरपालिकामध्ये नीलकण्ठ कांग्रेसले पाउँदा धुनिबेसी भने समाजवादीको भागमा परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved