राष्ट्रसंघका महासचिवले पुटिनलाई भेटेर युद्ध रोक्न पहल गर्ने

नेपालभ्युज

राष्ट्रसंघका महासचिवले पुटिनलाई भेटेर युद्ध रोक्न पहल गर्ने

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर युद्ध रोक्नका लागि पहल गर्ने भएका छन्। झन्डै दुई महिनादेखि रूसले युक्रेनमाथि आक्रमण गरिरहेको छ।

रूसले डोन्बस र दक्षिणी युक्रेन कब्जा गर्दै आफ्नो समर्थनमा रहेको माल्दोभान क्षेत्र ट्रान्सनिस्त्रियासम्म पहुँच पुर्‍याउने योजना रहेको जनाएको छ। युक्रेनले यस कदमलाई साम्राज्यवाद भन्दै विरोध गरेको छ।

युक्रेनमा युद्धको चपेटामा धेरै सर्वसाधारण परेका छन्। अन्तराष्ट्रिय कानून पालना गर्न राष्ट्रसंघले युक्रेन र रूस दुबैलाई आग्रह गरिररहेको छ। माउरिपोल शहरमा समूहिक चिहानहरू रहेको स्याटेलाइन तस्वीरहरूले देखाएको छ।

रूसले युद्ध अपराध लुकाउन मानिसहरूका शव गाड्ने गरेको युक्रेनी अधिकारीहरूको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved