एमालेले सार्वजनिक गर्‍यो स्थानीय चुनावको घोषणापत्र, कृषिलाई पाँचौँ प्राथमिकता (पूर्ण पाठसहित)

नेपालभ्युज

एमालेले सार्वजनिक गर्‍यो स्थानीय चुनावको घोषणापत्र, कृषिलाई पाँचौँ प्राथमिकता (पूर्ण पाठसहित)

काठमाडौं। आसन्न स्थानीय निर्वाचनका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा थापाथलीबाट च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी कार्यालय स्थानान्तर गर्दै एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्रमा अहिलेसम्म भएका काम र गर्न बाँकी काम  समेटिएको छ ।

एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ बनाउने प्रतिवद्धता पनि जनाइएको छ ।

यस्तै एमाले घोषणापत्रमा स्वास्थको विषयलाई दोस्रो प्राथमिकतामा राखिएको छ । त्यस्तै खानेपानी र सरसफाइ, उर्जाको विषयलाई एमालेले आफ्नो घोषणापत्रमा समेटेको छ ।

विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली नि:शुल्क उपलब्ध गराउने समेत एमालेले जोड दिएको छ । यस्तै कृषिलाई पाँचौं प्राथमिकताको रुपमा घोषणापत्रमा समेटेको छ ।

त्यसैगरी यातायात पूर्वाधार, एकीकृत बस्ती, योजनावद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिकीकरण र आर्थिक वृद्धि, स्वदेशमै रोजगारी सम्मान कार्यक्रम लगायत विषय क्रमश: एमालेको प्रमुख योजनाको रुपमा घोषणापत्रमा उल्लेख छ ।

यस्तो छ एमालेको चुनावी घोषणापत्र

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved