धोनीले  अन्तिम ओभरमा १६ रन बनाएपछि आईपीएलमा चेन्नई विजयी

नेपालभ्युज

धोनीले  अन्तिम ओभरमा १६ रन बनाएपछि आईपीएलमा चेन्नई विजयी

एजेन्सी । आईपीएल २०२२ को ३३ औं म्याचमा चेन्‍नई सुपर किंग्ससले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको छ। चेन्नईसामु मुम्बईले १ सय ५६ रनको लक्ष्य पेश गरेको थियो।

चेन्‍नले ७ विकेट गुमाएर अन्तिम ओभरमा उक्त लक्ष्य भेट्टयायो। अन्तिम ओभरमा चेन्नईलाई १७ रन आवश्यक थियो। जसमध्ये महेन्द्रसिंह धोनीले चार बलमा १६ रन बनाए। उनले कुल १३ खेल खेल्दै अविजित २८ रन बनाए।

७ खेलमा चेन्नईको यो दोस्रो जित हो। त्यस्तै मुम्बईको यो लगातार सातौं हार हो। उसले अहिलेसम्म कुनै पनि खेल जितेको छैन।

अंकतालिकामा ४ अंकका साथ चेन्नई नवौं स्थानमा छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved