‘प्रतिकृयावादीलाई प्रचण्ड ज्यूँदो हुँदासम्म सुख दिने भएन भन्ने लागेको छ’

नेपालभ्युज

‘प्रतिकृयावादीलाई प्रचण्ड ज्यूँदो हुँदासम्म सुख दिने भएन भन्ने लागेको छ’

धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्टाउन चाहनेलाई गठबन्धनको भागबण्डाले फेरि एकपटक परास्त गरिएको बताएका छन्।

बिहीबार कैलालीको मसुरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा  उनले स्थानिय तहमा गठबन्धनको भागबण्डाले प्रतिगमनकारीहरूको मनस्थति खलबलिएको बताए। उनले भने ‘‘प्रचण्ड ज्यूँदो हुँदासम्म सुख दिने भएन भन्ने लागेको छ प्रतिकृयावादीलाई।’’

उनले सुदूरपश्चिम प्रदेश माओवादी आन्दोलनको धुव्रीकरणको केन्द्र बनेको बताए। माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताउँदै उनले प्रतिक्रियावादीबाट पछि नहट्न निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved