पोखरामा दिउँसै अन्धकार (भिडिओ)

नेपालभ्युज

पोखरामा दिउँसै अन्धकार (भिडिओ)

पोखरा। पोखरामा आज पानी पर्दा दिउँसै अन्धकार भएको छ। मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो।

पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ। वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरू हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुईपाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु बीच बाटैमा रोकिएका छन्।

यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ। पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९.४ सेल्सियस मापन गरिएको छ।

२९ वैशाख २०६७ मा पनि पोखरामा दिउँसै अँध्यारो भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved