जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा गर्नुपर्ने सर्वोच्चको फैसला

नेपालभ्युज

जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा गर्नुपर्ने सर्वोच्चको फैसला

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने भएको छ।

न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज यस्तो फैसला सुनाएको हो।

निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर अन्तिम फैसला आएसँगै उक्त आदेश खारेज भएको छ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरूद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved