चहलको ह्याट्रिक र वटलरको शतक

नेपालभ्युज

चहलको ह्याट्रिक र वटलरको शतक

एजेन्सी । युजवेन्द्र चहलको ह्याट्रिक र जस बटलरको शतकको मद्दतले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्सलाई निकै रोमाञ्चक खेलमा सात विकेटले पराजित गरेको छ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ओपनर बटलरको शतकको मद्दतले २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय १७ रनको विशाल योगफल तयार पारेको थियो।

बटलरले ६१ बलमा नौ चौका र पाँच छक्काको मद्दतले १ सय ३ रनको योगदान दिएका थिए। जारी आईपीएलमा इंग्लिस खेलाडी बट्लरको यो ६ खेलमा दोस्रो शतक हो। उनी आईपीएल इतिहास मै एकै सिजनमा एकभन्दा बढी शतक प्रहार गर्ने छैठौँ खेलाडी बनेका छन्।

जवाफमा २ सय १८ रनको ठुलो लक्ष्य भएपनि कुनै समय कोलकताले लक्ष्य पुरा गर्ने खेल देखाएको थियो। १६ ओभरको खेलसम्म मात्र चर विकेटको नोक्सानीमा कोलकताले १७८ रनको योगफल बनाएको थियो।

अन्तिम चार ओभरमा कोलकतालाई जितका लागि ४० रनको आवश्यकता थियो भने ६ विकेट बाँकी नै थियो। तर १७ औ ओभरमा भारतिय स्पिनिर युजवेन्द्र चहलले ह्याट्रिक सहित चार विकेट लिएपछि कोलकताको इनिङ धरापमा पर्‍यो।

यसपछि अन्तिम दुई बल खेल्नु अगाडी कोलकता २ सय १० रनमा अलआउट भएपछि सात रनले पराजित भयो। लिगको ६ खेलमा यो चौथो जितपछि ८ अंक सहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। सात खेलमा चौथो हारपछि कोलकताको ६ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved