पल प्रकरण : तनहुँ अदालतले दुर्गेश थापालाई बोलायो

नेपालभ्युज

पल प्रकरण : तनहुँ अदालतले दुर्गेश थापालाई बोलायो

काठमाडौं। पल शाह प्रकरणमा नाबालिग गायिकाले बयान फेरेपछि तनहुँ जिल्ला अदालतले गायक तथा दुर्गेश थापा, सरोज ओलीलगायतलाई साझी बकपत्रका लागि बोलाएको छ।

नाबालिग गायिकामाथि जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा पीडितले बयान फेरेपछि यो मुद्दामा नयाँ ट्वीस्ट आएको थियो। आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको भन्दै बयान फेरेकी थिइन्।

यसैका लागि थापा र ओलीलाई जिल्ला अदालत तनहुँले लिखित स्टेटमेन्टका लागि बोलाएको हो।

थापा र ओलीको जोडबलमा नाबालिग गायिका अदालतसम्म पुग्न सकेकी थिइन्। नाबालिग गायिकाको जाहेरीपछि पल आफैं प्रहरीसामु पुगेका थिए।

हिजो आइतबार पलविरुद्धको मुद्दामा नाबालिग गायिकाले बयान फेरेकी हुन्। उनले अभिनेता पल शाहले आफूमाथि केही नगरेको तर अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको पीडित किशोरीले बताएकी थिइन्।

यस प्रकरणमा थापा र ओली पनि मुछिएका छन्। उनीहरूको उक्साहटमा ती गायिकाले पलविरुद्ध जाहेरी दिएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved