सत्ता गठबन्धनले टुंग्याउन सकेन चुनावी तालमेल, सबैको आफ्नै अडान

नेपालभ्युज

सत्ता गठबन्धनले टुंग्याउन सकेन चुनावी तालमेल, सबैको आफ्नै अडान

काठमाडौं। सतागठबन्धनको कार्यदलमा आज पनि चुनावी तालमेलबारे सहमति हुन सकेन। आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरू सम्मिलित कार्यदलको बैठकले भोलिसम्म स्थानीय तहमा भागबण्डा मिलाउन भोलि (सोमबार) सम्म निर्देशन दिएको छ।

तर आज दिउँसो बसेको कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको कार्यदल बैठकले पनि भागबण्डा मिलाउन नसकेको हो। बैठकपछि सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भोलि (सोमबार) सम्म स्थानीय तहको भागबण्डा मिलाइने बताए।

सोमबारसम्म महा र उपमहानगरको सिट बाँडफाँट गर्ने र निर्णय गरे पनि दलहरूले आफ्नो अडान छाडेका छैनन्।

जसपाले वीरगञ्ज महानगरसहित जनकपुर, धरान र नेपालगन्ज उपमहानगरमा मेयर दाबी गरेको छ भने माओवादीले भरतपुरसहित धरान, जितपुर सिमरा, हेटौडा र घोराही उपमहानगरमा दाबी गरेको छ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले पोखरा महानगरसहित तुलसीपुर, हेटौँडा र इटहरी उपमहानगरपालिका मागेको छ। जसले सहमति अझै पेचिलो बन्ने लक्षण देखाएको छ। कांग्रेसले काठमाडौंसहित ललितपुर, विराटनगर महानगरपालिका कुनै हालतमा छोड्न नसकिने अडान राखेको बैठकमा सहभागी एक नेताले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved