आईपीएलमा गुजरात शीर्ष स्थानमा

नेपालभ्युज

आईपीएलमा गुजरात शीर्ष स्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्स शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

खेलमा पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो।​ गुजरातका लागि कप्तान हार्दिक पाड्याले ८७ रनको अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे।

जवाफी ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रनमात्रै बनायो। राजस्थानका लागि जोस बट्लरले ५४ रनको अर्धशतकीय पारी खेलेका थिए। २४ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सिमरोन हेटमायरले २९ रन बनाउँदा रियान परागले १८ रनको योगदान गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved