मध्यमर्स्याङ्दी आयोजनामा बिजुली उत्पादन बढ्यो

नेपालभ्युज

मध्यमर्स्याङ्दी आयोजनामा बिजुली उत्पादन बढ्यो

लमजुङ। बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुन थालेको छ।

केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए।

पुस लागेसँगै २६-२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उहाँले जानकारी दिए। विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो। मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ।

हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको यस आयोजनामा यसरी नै वृद्धि हुँदै गएमा वैशाख महीनाभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ।

सन् २००० मा निर्माण शुरु भई उक्त आयोजना सन् २००८ मा सम्पन्न भएको हो। कूल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved