सत्ता गठबन्धनकै नेताहरूले चुनाव सार्न सकिने बताएपछि आयोगले गरायो सचेत

निर्वाचनबारे अन्योल सृजना गर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह

‘‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरू तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति आयोगको ध्यानाकर्षण भएको छ। निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ’’ विज्ञप्तिमा भनिएको छ।

नेपालभ्युज

सत्ता गठबन्धनकै नेताहरूले चुनाव सार्न सकिने बताएपछि आयोगले गरायो सचेत

काठमाडौं। सत्तारुढ गठबन्धनका नेताहरूले स्थानीय तह निर्वाचन सार्न सकिने विषयमा धारणा राख्दै आएपछि निर्वाचन आयोगले त्यस्ता अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई सचेत गराएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनबारे अन्योल सृजना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई आग्रह गरेको हो।

३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि तीव्र गतिमा तयारी भइरहेको भन्दै आयोगले निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति नदिन आग्रह गरेको हो।

‘‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरू तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति आयोगको ध्यानाकर्षण भएको छ। निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ’’ विज्ञप्तिमा भनिएको छ।

केही दिनअघि सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी निर्वाचनमा सहभागी भए वैशाख ३० को स्थानीय निर्वाचन सार्न सकिने बताएका थिए। त्यसपछि गठबन्धनका अरू नेताहरूले समेत चुनाव सार्न सकिने अभिव्यक्ति दिँदै आएका थिए।

निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये ३९ जिल्लाको ७० लाख ३३ हजार थान छपाई भइसकेको आयोगले जनाएको छ। दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको जनाइएको छ।

निर्वाचन पर्यवेक्षण गर्न ६५ वटा संस्थाले निवेदन दिएका छन्, जसले २० हजार ४ सय ६७ पर्यवेक्षक प्रस्ताव गरेका छन् । निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्ने प्रवक्ता शालिग्राम शर्माले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved