आईपीएलमा चेन्नई सुपर किङ्सको पहिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) को यस संस्करणमा चेन्नई सुपर किङ्सले पहिलो जित हासिल गरेको छ। गएराति भएको खेल चेन्नई सुपर किङ्सले जितेको हो।

नेपालभ्युज

आईपीएलमा चेन्नई सुपर किङ्सको पहिलो जित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को यस संस्करणमा चेन्नई सुपर किङ्सले पहिलो जित हासिल गरेको छ। गएराति भएको खेल चेन्नई सुपर किङ्सले जितेको हो।

उसले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २३ रनले पराजित गर्याे। चेन्नईले पाँचौँ खेलमा जित हासिल गरेको हो। यसअघिका चार खेल लगातार हारेको थियो।

पहिले ब्याटिङ गरेको चेन्नईले चार विकेटको क्षतिमा २१६ रन बनाएको थियो। चेन्नईका लागि सिभम दुबेले विष्फोटक इनिङ खेले। उनले ४६ बलमा ९५ रन बनाए भने रोविन उथप्पाले ८८ रनको जोडे।

चेन्नईले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा १९३ रनमै समेटियो। बेंग्लोरका लागि सहबाज अहमेदले सर्वाधिक ४१ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

आईपीएलमा बुधबार साँझ मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved