दिल्लीको विशाल लक्ष्य भेट्टाएन कोलकाताले, ४४ रनले पराजित

नेपालभ्युज

दिल्लीको विशाल लक्ष्य भेट्टाएन कोलकाताले, ४४ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले कोलकाता नाइटराइडर्सलाई ४४ रनले हराएको छ।

आइतबार राति सकिएको खेलमा दोस्रो जित निकालेको हो। लगातार दोस्रो हार बेहोरेको दिल्लीले आज पहिले ब्याटिङ गरेर २ सय १५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। दिल्लीका लागि आज डेविड वार्नरले सर्वाधिक ६१ रन बनाए भने। पृथ्वी सले ५१ रनको अर्द्धशतकीय पारी खेले। दिल्लीले पाँच विकेटको क्षतिमा यो रन बनाएको थियो।

दिल्लीलाई जिताउन आज कुलदीप यादवले ४ तथा खलील अहमदले तीन विकेट लिए।

२१६ रनको लक्ष्य पछ्याएको कोलकाताले दुई बल बाँकी छँदै सबै विकेट गुमाएर मात्र १ सय ७१ रन मात्र बनाउन सक्यो। कोलकाताका कप्तान श्रेयस ऐरले ५४ रन बनाउनबाहेक अन्य ब्याटर चल्न सकेनन्। जारी सिजनमा कोलकाताको यो दोस्रो हार हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved