उमा पौडेलको ‘घुम्टी’ सार्वजनिक

नेपालभ्युज

उमा पौडेलको ‘घुम्टी’ सार्वजनिक

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका युवाहरूको परिवारको वास्तविक कथालाई समेटिएको उमा पौडेलको पुस्तक ‘घुम्टी’ विमोचन भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तक विमोचन गरेका हुन्।

घुम्टीको समीक्षा गर्दै पत्रकार कार्कीले यो पुस्तकमा आफ्ना श्रीमान्लाई कुरेर जीवन बिताएका श्रीमती र परिवारको दुःख समेटिएको बताए । ‘सामान्यतया वैदेशिक रोजगारीमा जानेहरूको मात्रै दुःख लेख्ने गरिएको छ, उनीहरूको समस्या मात्रै उठाउने गरिएको छ’ कार्कीले भने, ‘तर घुम्टीमा विदेशमा आफन्त पठाएर नेपालमा बस्ने परिवारको दुःख र असजिलाहरूको बारेमा उठाइएको छ।’

सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरेले घुम्टी वर्तमान समाजको यर्थाथ चित्र बोकेको पुस्तक भएको बताइन् । घिमिरेले वैदेशिक रोजगारको सामाजिक मूल्य सम्बन्धी विषय उठान गर्दा लैगिंक संवेदनशीलतालाई ध्यान दिनुपर्ने बताउदै यसबारेमा अझै धेरै कलम चलाउनुपर्ने आवश्यकता रहेको औल्याइन् ।

त्यस्तै सचिव अर्यालले वैदेशिक रोजगारीमा जानु नेपाली युवाहरूको बाध्यता रहेको बताउँदै वैदेशिक रोजगारीको क्षेत्रलाई सकेसम्म सुरक्षित बनाउनको लागि सरकारले काम गरिरहेको बताए ।

लेखक पौडेलले सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने क्रममा भेटिएका पात्र र उनीहरूका कथा आफूले मात्रै सुनेर चित्त नबुझेकाले पुस्तकका रूपमा सबै सामु ल्याएको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved