रुसमाथि अमेरिकाको थप प्रतिबन्ध

नेपालभ्युज

रुसमाथि अमेरिकाको थप प्रतिबन्ध

एजेन्सी। युक्रेनमाथि गरेको आक्रमणको विरोधमा अमेरिकाले रूसमाथि थप प्रतिबन्धको घोषणा गरेको छ। अहिले अमेरिकाले लगाएको प्रतिबन्धमा रूसका केही शीर्ष र प्रभावशाली मानिसलाई लक्षित गरिएको छ।

अमेरिकाले चरणबद्धरुपमा रूसमाथि प्रतिबन्ध लगाउँदै आएको छ। अमेरिकाले यसअघि पनि रूसका केही प्रभावशाली मानिसमाथि प्रतिबन्ध लगाइसकेको छ। अमेरिकाले रूसका केही बैंक र धेरै कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको छ।

नयाँ प्रतिवन्धमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरू र रूसका विदेशमन्त्री सर्गेई लाभरोभका नातेदार पनि सामेल छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले अहिले पुटिनका छोरीहरू मारिया भोरोत्सोभा र केटरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको हो। उनीहरू पुटिनकी पूर्व पत्नी ल्यूडमिलाबाट जन्मिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved