विराटनगर। प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा विवादित पृष्ठभूमि हंसराज वाग्लेलाई नियुक्त गरेको छ।
सरकारले उस्तै पृष्ठभूमि भएका पर्शुराम बस्नेतलाई बर्खास्त गरी वाग्लेलाई खेलकुद विकास बोर्डको सदस्य सचिवको जिम्मेवारी दिएको हो। प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गाको ज्यामिरेका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
विवादित पृष्ठभूमिका उनी भलिबलका पूर्वराष्ट्रिय खेलाडी तथा एकीकृत समाजवादीका ओखलढुंगाका अध्यक्ष हुन्।
काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीस्थित अल्पाइन फुडल्याण्डमा २०७२ साल चैत्र १४ गते जुवाखालबाट पक्राउ परेका उनी २०७५ पुस १७ गते नेपाली कांग्रेसका नेता तुलाराम दाहाललाई कुटपिट प्रकरणमा जोडिएका थिए। जुवाखाल प्रकरणमा धरौटी तिरेर उनी छुटेका थिए।
तर हाल प्रदेशका समग्र युवाहरूलाई खेलकुदको क्षेत्रमा गोलबद्ध गर्ने जिम्मेवारी पाएका वाग्ले समेत निर्विवाद र स्वच्छ छवि भएका व्यक्ति नभएको भन्दै जनस्तरबाटै यसको अर्को आलोचना शुरु भएको छ।
Facebook Comment
Comment