इङ्लिस प्रिमियर लिग- आर्सनलमाथि प्यालेसको तीन गोल

इङ्लिस प्रिमियर लिगको खेलमा आर्सनललाई टिम क्रिस्टल प्यालेसले ३–० गोल अन्तरले पराजित गरेको छ।

नेपालभ्युज

इङ्लिस प्रिमियर लिग- आर्सनलमाथि प्यालेसको तीन गोल

एजेन्सी। इङ्लिस प्रिमियर लिगको खेलमा आर्सनललाई टिम क्रिस्टल प्यालेसले ३–० गोल अन्तरले पराजित गरेको छ।

सोमबार सेलहर्स्ट पार्कमा भएको खेलको पहिलो हाफमा प्यालेसका लागि जिन फिलिपे माटेटा र जोर्डन एयेवले गोल गरे।

खेलको अन्त्यतिर विल्फ्रेड जाहाले पेनाल्टीबाट तेस्रो गोल थपे। यस साताअघि आर्सनल लिगको चौथो स्थानमा थियो।

तर‚ टोटनहमले न्युकासल युनाइटेडलाई ५–१ ले हराएपछि पाँचौँ स्थानमा झरेको थियो। तर‚ अहिले प्यालेसविरुद्धको खेल गुमाएपछि आर्सनल पाँचौँ स्थानमा रहने भएको छ। आर्सनलको २९ खेलबाट ५४ अंक छ। एक खेल बढी खेलेको टोटनहमको पनि ५४ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved