जलविद्युत विकासमा राष्ट्र बैंक सधैँ सहयोगी : डेपुटी गभर्नर मिश्र

मिश्रले भने, “तरलता साइकल व्यवस्थापन गर्न खोज्दै छौँ। टर्वाइनलगायत कुनै पनि उपकरण आयातको एलसीमा वा अन्य कुनै अवरोध छ भने हामी रोक्दैनौँ।”

नेपालभ्युज

जलविद्युत विकासमा राष्ट्र बैंक सधैँ सहयोगी : डेपुटी गभर्नर मिश्र

काठमाडौं। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताएका छन्।

हिमालयन हाइड्रो एक्सपोको दोस्रो दिनको छलफल सत्रलाई सम्बोधन गर्दै मिश्रसहितका वक्ताहरुले लगानीयोग्य पुँजी अभाव रहेको भनिए पनि जलविद्युत् आयोजनामा लगानी जुटाउन कुनै समस्या नरहेको प्रष्ट पारे।

मिश्रले जलविद्युत्को विकास तथा प्रवद्र्धनलाई राष्ट्र बैंकले उच्च महत्व दिँदै आएको उल्लेख गरे। नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्र प्रत्यक्ष र दूरगामी महत्व राख्ने क्षेत्र भएकाले राष्ट्र बैैंकले सो क्षेत्रको आवश्यकताअनुसार आर्थिक स्रोतको सहज व्यवस्थापन हुने गरी मौद्रिक नीति तथा अन्य निर्देशनहरु ल्याउने गरेको बताए।

“देशको मुहार फेर्ने र पेट्रोलियम प्रतिस्थापन गर्न खास आवश्यकता भनेकै जलविद्युत् हो भन्ने राष्ट्र बैंकले बुझेको छ,” उनले भने, “त्यहीअनुसार हामीले डाइनामिक पोलिसी ल्याउने गरेका छौँ।”

स्वदेशी बैंकहरुले जलविद्युत् क्षेत्रमा गर्ने लगानीको सीमा अझै नपुगको र चाहिएका अवस्थामा त्यसलाई थप बढाएर जान सक्ने संकेत उनले गरे। वैदेशिक लगानी भित्राउने प्रकृयालाई ५० प्रतिशत सहज बनाएको बताउँदै उनले अहिलेको तरलताको समस्या पनि जलविद्युत्सँग सम्बन्धित कुनै पनि पक्षको आयातमा कुनै खालको अवरोध नराखिएको उनको भनाइ थियो।

मिश्रले भने, “तरलता साइकल व्यवस्थापन गर्न खोज्दै छौँ। टर्वाइनलगायत कुनै पनि उपकरण आयातको एलसीमा वा अन्य कुनै अवरोध छ भने हामी रोक्दैनौँ।”

कार्यक्रममा नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले जलविद्युत् क्षेत्रमा खास भूमिकामा काम गर्न खोजेका लगानीकर्तालाई अझै पनि बैंकहरुले ढोका खुला राखेर स्वागत गर्ने बताए। भने, “जलविद्युत् क्षेत्रमा अनिवार्य गर्नु पर्ने लगानी अझै १.५ प्रतिशतमै सीमित रहेका वाणिज्य बैंकले तपाईंहरुलाई स्वागत गर्छन्। १० प्रतिशतको सीमामा पुग्न अझै पनि १ खर्ब ८१ अर्ब रुपैयाँ जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्ने अवस्था छ।”

एक्स्पोको अन्तिम दिनको सेमिनारमा दुई ओटा सेसन चल्नेछन्। पहिलो सत्रमा नेपालमा विद्युत् उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved