क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु

घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपालभ्युज

क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चल्दा ६ जनाको मृत्यु भएको छ।

क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेस्टुरेन्ट र बारहरू रहेको व्यस्त इलाकामा आइतबार बिहान गोली चलेको हो। घटनामा १२ जना घाइते भएका छन्। प्रहरीले पनि जवाफी कारबाही गरेको थियो।

घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अमेरिकामा गोली काण्डबाट हरेक वर्ष करीब ४० हजार जनाको मृत्यु हुने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved