स्थानीय चुनावमा सत्तारुढ दल गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था छ : मन्त्री यादव

मन्त्री यादवले राजनीतिमा हरेक सम्भावना हुने तर त्यो विचार, मन र नियत नमिल्दा सम्भव नहुने पनि दोहोर्‍याइन्।

नेपालभ्युज

स्थानीय चुनावमा सत्तारुढ दल गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था छ : मन्त्री यादव

जनकपुर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था रहेको बताएकी छन्।

जनता समाजवादी पार्टी, नेपालको नेतृसमेत रहेकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरुबीच गठबन्धन नभए पनि ठाउँ हेरेर त्यसको निक्र्यौल हुने स्पष्ट पारिन्।

शुक्रबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको स्पष्ट पारिन्। विचार, मन र नियत तीन ओटै कुरा नमिल्ने भएकाले सो पार्टीसँग तत्काल चुनावी तालमेल हुने अवस्था नरहेको मन्त्री यादवको तर्क थियो ।

“राजनीतिमा हरेक सम्भावना परिस्थितिवश अगाडि बढछ। लोसपाको पनि विचार मिल्यो भने हामी सोच्न सक्छौँ तर विचारै हामीसँग मिल्दैन,” यादवले भनिन्, “त्यसैकारणले गठबन्धन पनि विचारबाट, मनबाट र नियतबाट मिल्नुपर्छ। नियतै नमिल्दाखेरी त हात जोडेर मात्रै भएन। तर सम्भावना भने अन्त्य हुँदैन।”

मन्त्री यादवले राजनीतिमा हरेक सम्भावना हुने तर त्यो विचार, मन र नियत नमिल्दा सम्भव नहुने पनि दोहोर्‍याइन्। उनले परिस्थितिअनुसार विभिन्न दलहरुसँग चुनावी तालमेल गर्दै अघि बढने पनि बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved