आजको मौसम- प्रदेश–१ र गण्डकीमा सामान्य बदली, हल्का वर्षाको सम्भावना

नेपालभ्युज

आजको मौसम- प्रदेश–१ र गण्डकीमा सामान्य बदली, हल्का वर्षाको सम्भावना

काठमाडौं। केही दिनयता भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेकोले नेपाली मौसमी प्रणालीमा समस्या देखिएको छ। आज बिहान प्रदेश १, मधेश प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली छ।

आज दिउँसो प्रदेश–१, माधेस प्रदेशलगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुँ दा केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved