बीबीसी मास्टर सेफ सन्तोष शाहले तयार पारेका नेपाली खानाका ७ कोर्स

नेपालभ्युज

बीबीसी मास्टर सेफ सन्तोष शाहले तयार पारेका नेपाली खानाका ७ कोर्स

काठमाडौँ। बीबीसी मास्टर सेफको रिम्याच विजेता सेफ सन्तोष शाहले तयार गरेको कुक बुक ‘ऐला’ अन्तर्गत रहेको नेपाली खानाको ७ कोर्स मेनुलाई बिहीबार अनुभवी नेपाली सेफहरूले ‘प्लेटिङ’ गरेका छन्।

ललितपुरको सातदोबाटोस्थित आइएचएम कलेजमा आयोजित एक बिशेष कार्यक्रममा ब्यवसाहिक सेफहरूले ‘ऐला’मा समावेश नेपाली खानाका परिकारलाई ७ कोर्षमा राखेर पस्किएका हुन्।

कलेजको ५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा ग्लोबल नेप्लीज सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको ‘आलिदेखि थालीसम्म’को अभियानसँग परिमार्जन गर्दै नेपाली मौलीक खानाहरूको मेनुलाई सेफ जित मोक्तान, मिथिला खानाका अभियन्ता सेफ महेश साह तथा आइएचएम कलेजका सेफहरूले मौलिक तथा ‘फ्युजन कन्सेप्ट’मा पस्किए।

७ कोर्ष मेनुमा स्टाटरमा आलुचप सागवाला, सुपमा आसल र लौकीको तातो झोल, माछाको परिकारमा माछा तरुवा, पहिलो मेनकोर्ष ‘ननभेज’ खसी पक्कुसँग गोलभेडा भात र कडी करी, दोस्रो मेनकोर्ष भेजु कटहर पोलेको सँग कागुनो र सिस्नो आलु, डेजर्टमा तराई मालपुवा र रब्रि तथा बेभरेजमा मसला टिलाई तयार गरी प्रदर्शन गरिएको थियो।

सेफ एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम लामा, जिएनसिएफका महासचिव मोहन गजुरेल , सुनसरी अध्यक्ष प्रेम तुम्बापो , कलेजका एकेडेमिक डाइरेक्टर सेफ विकास डंगोलले प्रस्तुत नेपाली मौलिक खानामाथि समीक्षा गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै भान्से भण्डारीले हामीले बिर्सँदै गएका नेपाली मौलिक परिकार, कल्चर, पहिचान र विविधतालाई सेफ सन्तोस साहको ऐलाले फेरि एकपटक व्यावसायिक ढोका खोलेको भन्दै ७ कोर्ष मेनुको प्रस्तुतिले खानालाई अझै जनस्तरमा पुर्‍याएको बताए।

त्यस्तै क्यान अध्यक्ष श्याम लामाले ऐलामा समावेश नेपाली मौलिक खानालाई हाम्रो आफ्नै पहिचान आलि देखि थालिसम्म जोडेर प्रस्तुत गरिनु आफैमा विशेष भएको धारणा राखे।

कलेजका सीईओ सुराच प्रसाईले स्थापना कालबाटै आफूहरूले नेपाली मौलिक खानाको खोज, प्रवर्द्धन र पस्कने कार्यलाई अभियानकै रूपमा लिएको स्मरण गर्दै ऐलामा समावेश नेपाली मौलिक खानाका रेसिपिबाट युवा पुस्ताका सेफहरूले समेत धेरै सिक्ने अवसर पाएको बताए।

सीईओ प्रसाईले सेफ साहसँगको संवाद स्मरण गर्दै सेफ साहसहित बीबीसी मास्टरसेफका ४ जना फाइनलिस्ट नेपाल आउने तयारीमा रहेको र मौलिक खानाको यो प्रस्तुतिले स्वागत अभ्यासमा रूपमा समेत लिन सकिने बताए।

पाककला प्रशिक्षणको अग्रणी संस्था आइएचएम कलेजले आजै विविध कार्यक्रमको आयोजना गरी आफ्नो ५ औं स्थापना दिवस मनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved