काठमाडौंमा बिहानैदेखि वर्षा, दिनभरको मौसम के होला ?

काठमाडौं उपत्यकामा आज बुधवार बिहानैदेखि हल्का तथा मध्यम वर्षा भइरहेको छ। काठमाडौं र ललितपुर आसपासका क्षेत्रमा बुधवार बिहानैदेखि वर्षा भइरहेको हो।

नेपालभ्युज

काठमाडौंमा बिहानैदेखि वर्षा, दिनभरको मौसम के होला ?

काठमाडौं। काठमाडौं उपत्यकामा आज बुधवार बिहानैदेखि हल्का तथा मध्यम वर्षा भइरहेको छ। काठमाडौं र ललितपुर आसपासका क्षेत्रमा बुधवार बिहानैदेखि वर्षा भइरहेको हो।

हाल मुलुकमा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम विभागले जनाएको छ। साथै स्थानीय वायुको समेत प्रभाव रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम विभागको अनुमान छ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ। प्रदेश १, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

२०७८ चैत्र १६ गते (बुधबार) को मौसम

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

राती: प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved