दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’ भएको केजरीवालको दाबी

नेपालभ्युज

दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’ भएको केजरीवालको दाबी

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार रोजगारीलाई केन्द्रविन्दुका रूपमा राख्दा दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ भएको बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “रोजगारी निर्वाचन प्रचारका क्रममा मात्र चर्चा हुने विषय थियो, त्यसपछि त्यो विषयलाई कसैले सम्बोधन गर्दैनथे। स्वतन्त्र भएयता पहिलो पटक दिल्लीमा रोजगारीलाई मुख्य केन्द्रबिन्दु बनाएर बजेट बनाइएको छ।”

उनले थपे, “यो हाम्रो स्वतन्त्र भारतको पहिलो ‘रोजगार बजेट’ हो। शिक्षित युवाहरूले अझै पनि जागिरको लागि संघर्ष गरिरहेका छन् र बितेका केही वर्षमा विद्युतीकरण, राजस्व सङ्कलन र महामारीले गर्दा रोजगारीको परिदृश्य झनै खराब भएको छ।”

‘देशप्रतिको प्रेम, इमान्दारिता र मानवता आम आदमी पार्टीको मुख्य आदर्श रहेको उनले बताए। दिल्लीका वित्त मन्त्री सिसोदियाले २०२२/२३ का लागि ७५ हजार ८०० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

गत वर्षको बजेट ६९ हजार करोड रूपैँयाको थियो।


Comment

One thought on “दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’ भएको केजरीवालको दाबी

  1. Plese note – Delhi budget is 75800 crore not 75.8 crore.
    Correct reporting should be intrinsic to good journalism.

Leave a Reply to Rita Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved