‘कहीँ एक्लै जित्ने कहीँ तालमेल’

नेपालभ्युज

‘कहीँ एक्लै जित्ने कहीँ तालमेल’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी स्थानीय तह निर्वाचनमा कहीँ एक्लै त कतै तालमेर गरेर पार्टी जाने विचार अघि सारेका छन्। कोही बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी नभएको र संविधान रक्षा र स्थिरता, सुशासन र समृद्धिको सहयात्रा बनाउने प्रश्न भएको उनले ट्वीटमा लेखेका छन्।

कहिँ एक्लै र कहीँ तालमेल रणनीतिक विषय भएको उल्लेख गर्दै उनले भरतपुरको भावना आत्मसात गरेर समाधान पहिल्याउन कांग्रेस प्रस्ट भएको पनि उनले लेखेका छन्।

पार्टी कार्यालय सानेपामा चार दिनदेखि जारी केन्द्रीय समिति बैठकले नेकपा माओवादी केन्द्र, नेकपासमाजवादीसँगै चुनावी तालमेल गरेर निर्वाचनमा होमिने आज निर्णय गरेको थियो। साथै पार्टीले चुनावी तालमेल गर्ने अन्तिम जिम्मा पार्टीका तल्ला कमिटीलाई पनि दिने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved