गठबन्धनलाई लिएर कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा विभाजित

नेपालभ्युज

गठबन्धनलाई लिएर कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा विभाजित

काठमाडौं । चुनावी गठबन्धनलाई लिएर कांग्रेसभित्र फरक फरक धारणा छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि यस विषयमा विभाजित छन्।
थापा गठबन्धनको विपक्षमा छन् भने शर्माले आफुलाई गठबन्धनको पक्षमा उभ्याएका छन्।
सोमवारको बैठकमा कांग्रेस महामन्त्री थापाले गठबन्धन गर्नेभन्दा पनि राम्रा मुद्दा उठाएर आफ्नै पार्टीका मतदातालाई आकर्षित गर्नुपर्ने बताए। ‘‘कांग्रेसमा लाखौ नयाँ मतदाता थपिएका छन्। उनीहरूलाई हँसिया हथौडा वा अन्य चुनाव चिन्हमा मत खसाल्न भन्न मिल्दैन,’’ थापाले भने।
यता, अर्का महामन्त्री शर्माले आवश्यकता हेरेर गठबन्धन गर्दा राम्रो हुने धारणा गरे। उनले अघिल्ला निर्वाचनको मतपरिणामहरू हिसाब गर्दै गठबन्धन गर्नुपर्ने बताए।
कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन गर्नुपर्ने पक्षमा छन् भने नेता शेखर कोइराला गठबन्धन गर्न नहुने पक्षमा छन्। कोइरालाले पार्टीको आन्तरिक एकतालाई नै मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved