साढे दुई क्विन्टल गाँजासहित पाँच जना पक्राउ

साढे दुई क्विन्टल गाँजासहित पाँच जना पक्राउ

हेटौँडा। मकवानपुर प्रहरीले मकवानपुरका छुट्टाछुट्टै ठाउँबाट दुई क्विन्टल ६५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले योद्धा पिकअप गाडीमा ओसारपसार भइरहेको एक क्विन्टल ६५ किलो गाँजासहित हेटौंडा १३ का २८ वर्षीया अरबिन्द नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी, चौकीटोल अगाडी सवारी चेकजाँच गर्ने क्रममा भैंसेबाट हेटौंडा आउँदै गरेको प्र. ३–०१–२३ च ५६४० गाडिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

त्यस्तै आज नै ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले एक क्विन्टल गाँजा सहित चार जनालाई पक्राउ गरेको छ। मनहरी ६ स्थित लोथर खोला हुँदै खयरघारी तर्फ भारी बोकेर आउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धादिङको रोराङ गाउँपालिका ३ का ३० वर्षीय मान बहादुर चेपाङ, सोही ठाउँका ३९ वर्षीय सन्त बहादुर चेपाङ, मकवानपुरको मनहरी गाउँपालिका ३ का ५३ वर्षीय बुद्धि बहादुर थिङ र चितवनको राप्ती नगरपालिका ११ का ५५ वर्षीय सञ्च बहादुर थिङ रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved