संसारमा आश्चर्यजनक कमाइ गर्ने फिल्म र तिनका सिरिज

भर्खरै आएको ‘ब्याटम्यान’ को सिरिज होस् वा ‘जेम्स बन्ड’, ‘जुरासिक पार्क’ होस् वा ‘एभेन्जर्स’ यी सबै फ्रेन्चाइज फिल्महरूले कमाइका नयाँ रेकर्ड बनाएका छन्। यहाँ केही यस्ता फिल्महरू र तिनका सिरिजले कमाएका रेकर्डतोड बक्स अफिसबारे चर्चा गरिएको छ।  

नेपालभ्युज

संसारमा आश्चर्यजनक कमाइ गर्ने फिल्म र तिनका सिरिज

हलिउडमा बनेका यस्ता धेरै फिल्म छन्। जसको व्यापार सुनेरै अचम्म लाग्न सक्छ। केही फिल्महरूका कमाइ त कुनै देशका कूल गार्हस्थ्य उत्पादनभन्दा बढी पनि छन्। बलिउड फिल्म प्रायः संसारका सबै देशमा चल्छन्।

भर्खरै आएको ‘ब्याटम्यान’ को सिरिज होस् वा ‘जेम्स बन्ड’, ‘जुरासिक पार्क’ होस् वा ‘एभेन्जर्स’ यी सबै फ्रेन्चाइज फिल्महरूले कमाइका नयाँ रेकर्ड बनाएका छन्।

यहाँ केही यस्ता फिल्महरू र तिनका सिरिजले कमाएका रेकर्डतोड बक्स अफिसबारे चर्चा गरिएको छ।  

मार्बल सिनेम्याटिक युनिभर्स

यसका २७ सिरिजको कमाई विश्वका १०० भन्दा बढी देशको जीडीपीभन्दा बढी छ। १२ वर्षमा यसका २७ वटा फिल्म रिलिज भएका थिए।

‘मार्बल सिनेमेटिक युनिभर्स’ सिनेमा इतिहासमा सबैभन्दा ठूलो फ्रेन्चाइजमध्ये एक हो। यो फ्रेन्चाइजका अरू फिल्महरु रिलिज हुन लागेका छन्। २००८ देखि यस फिल्मले विश्वव्यापी रेकर्डतोड कलेक्सन गरेको छ।

‘एभेन्जर्स एन्डगेम’ यो फ्रेन्चाइजको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म हो। यो सिरिजले कूल ३.१३ लाख करोड रुपैयाँ कमाएर ऐतिहासिक रेकर्ड राखेको छ।

‘मार्बलका सुपरहिरो’का २७ फिल्मले कमाएको रेकर्ड जिम्बाब्वेलगायत १०० देशको भन्दा बढी जीडीपी हो।

स्टार वार्स

सन् १९७७ मा शुरु भएको यो सिरिजले अहिलेसम्म बक्स अफिसमा कमाइराखेको छ। यो सिरिजका १२ फिल्म ४० वर्षमा रिलिज भए। ‘स्काईवाकर सागा’, सिरिजको स्ट्यान्ड अलोन स्पिनअफ एनिमेटेड फिचरले कमाइको रेकर्ड राखेको छ। यो फिल्मले विश्वभर १२६ करोड रुपैयाँको टिकट बिक्री गरेको थियो।

ह्यारी पोटर

२००१ मा पहिलो पटक स्क्रिनमा देखिएको यो फिल्मले आश्चर्यजनक कमाइ गर्‍यो। २२ वर्षमा यसको सिरिजका जम्मा १० फिल्म पर्दामा आए। सिरिजका थप ३ चलचित्र प्रदर्शनमा आउँदैछन्। hogwarts school of witchcraft and wizardry मा आधारित, यी चलचित्रहरूले विशेषगरी बालबालिकामा क्रेज देखाएको थियो।

जेम्स बण्ड

फिल्महरूको इतिहासमा सबैभन्दा लामो सिरिजको जेम्स बण्डको कमाइ आक्रामक थियो। यस फ्रेन्चाइजको पहिलो फिल्म सन् १९६३ मा बनेको ‘डा नो आइ’ थियो।

त्यसपछि पछिल्लो ५९ वर्षमा यस फ्रेन्चाइजका २६ फिल्म आएका छन्। यस फ्रेन्चाइजको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ २०२१ मा थिएटरमा आएको थियो र अर्को फिल्म अक्टोबरमा रिलिजको लागि तयार छ। यस सिरिजका मुख्य पात्रका रूपमा सात जनाले सन् २००७ सम्म अभिनय गरिसकेका छन्।

स्पाइडरम्यान

‘ब्याटम्यान’जस्तै, ‘स्पाइडर म्यान’ फिल्म उद्योगमा आफ्नै स्ट्यान्ड अलोन फ्रेन्चाइजका लागि फेमस छ। यो फ्रेन्चाइजमा हालसम्म ती जना कलाकारले स्पाइडरम्यानको भूमिका निर्वाह गरिसकेका का छन्।

सन् २००२ मा शुरु भएको यो सिरिजमा अहिलेसम्म १० वटा फिल्म आएका छन्। सिरिजको पहिलो फिल्म ‘स्पाइडर म्यान इन ब्ल्याक’ थियो।

फास्ट एण्ड फ्युरिअस

सन् २००१ बाट शुरु भएको यसको सिरिजले आफ्नो गति कायम राखेको छ। यस सिरिजको पहिलो फिल्म ‘द फास्ट एन्ड द फ्युरियस’ थियो। यसका २ वटा फिल्म प्रदर्शनका लागि तयारी अवस्थामा छन्।

यस सिरिजका फिल्महरूले पर्दामा धुम मच्चाइरहेका छन्। २२ वर्षमा यो सिरिजका जम्मा ९ फिल्म पर्दामा आएका छन्।

एक्सन म्यान

संसारमा ८ औं सबैभन्दा धेरै कमाउने फ्रेन्चाइज हो ‘एक्सन म्यान’। यसको फ्रेन्चाइजी अधिकार मार्वल स्टुडियोले खरिद गरेको छ। यो सिरिज हास्य पुस्तकमा आधारित छ। जसका हालसम्म १३ वटा फिल्म आएका छन्।

ब्याट म्यान

सुपरम्यानमा आधारित यो सिरिज आएको ७९ वर्ष भइसक्यो तर अझै यसको क्रेज घटेको छैन। यो सिरिजका अहिलेसम्म ३५ वटा फिल्म आएका छन्। यसै वर्षको यही ४ मार्चमा रिलिज भएको ‘ब्याटम्यान’ले ६० करोड ६० लाख डलर अर्थात् ७७ अर्ब २२ करोड नेपाली रुपैयाँभन्दा बढी कमाइ गरेको छ। फिल्मले २७ दिनमै यो कमाइ गरेको हो।

द लर्ड अफ रिन्क्स

सन् २००१ मा आएको यस सिरिजका ३ वटा फिल्म बनेका छन्। फिल्म त्यसबेलाको एक उपन्यासमा आधारित भएर बनेको छ। यो पनि एउटा धेरै लोकप्रिय सिरिज हो। पिटर ज्याक्सनद्वारा निर्देशित एक काल्पनिक फिल्मले बक्स अफिसमा रेकर्ड बनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved