नेप्से परिसूचक २६ सय बिन्दुमुनि, कारोबार भने बढ्यो

नेपालभ्युज

काठमाडौं। साताको पहिलो कारोबार दिन शेयर बजार राताम्मे भएको छ। यस दिन नेप्से परिसूचक ४१ अंकले घटेर २६ सय बिन्दुमुनि  झरेको छ।

आज ४१ दशमलव ४३ प्रतिशतले नेप्से ओरालो लागेर दुई हजार ५७२ बिन्दुमा बजार बन्द भयो।

१३ उपसमूहमध्ये सबै राताम्मे हुँदा निर्जीवन बीमामा भने हरियाली देखिएको छ। यस दिन निर्जीवन बीमा १३३ अंकले बढेको छ।

आज शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ। धितोपत्र बजारमा आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको ८९ लाख २३ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved