‘आरआरआर’ ले उछिन्यो ‘बाहुबली २’ को रेकर्ड

हलिउड फिल्मलाई पनि पछि पार्‍यो

नेपालभ्युज

‘आरआरआर’ ले उछिन्यो ‘बाहुबली २’ को रेकर्ड

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले बक्स अफिसमा विश्वभर निकै राम्रो कलेक्सन गरिरहेको छ।

हिजो (२५ मार्च) बाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै २५७ करोड भारुको व्यापार गर्‍यो, जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सन हो।

विदेशमा पनि ‘आरआरआर’ ले निकै राम्रो कलेक्सन गरिरहेको छ। अष्ट्रेलियामा फिल्मले हलिउड फिल्म ‘ब्याटम्यान’लाई पनि उछिनेको छ।

फिल्मले विदेशमा ७८ करोड रुपैयाँ कमाएको छ। ५५० करोड भारुभन्दा बढी बजेटमा बनेको यो फिल्मले भारतको आन्ध्र प्रदेश र अन्य तमिल राज्यमा मात्रै १२० करोड भारुको ओपनिङ गरेको छ। यो कुनै एक राज्यको हिसाबले पनि रेकर्ड कलेक्शन हो।

एसएस राजामौलीको ‘बाहुबली’ ले विश्वभर ७५ करोड कमाएको रेकर्डलाई यसले ब्रेक गरेको हो। ‘बाहुबली २’ ले पहिलो दिन २१७ करोड कमाएको थियो। ‘आरआरआर’ ले ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ।

राजामौली ‘आरआरआर’ का पनि निर्देशन हुन्।

रामचरण तेजा, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट स्टारर फिल्मले आन्ध्र प्रदेश र तमिल राज्यबाट १२० करोड, कर्नाटकबाट साढे १६ करोड, तमिलनाडुबाट १३ करोड र केरलाबाट ४ करोड भारु कमाएको छ।

यसबाहेक फिल्मले देशका अन्य राज्यबाट पनि २५ करोड भारु कलेक्सन गरेको छ। योसँगै फिल्मको हिन्दी संस्करणले पहिलो दिनमै २५ करोडभन्दा बढीको व्यापार गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved