‘आरआरआर’ हेर्न गएका दर्शकको हृदयघातका कारण मृत्यु

नेपालभ्युज

‘आरआरआर’ हेर्न गएका दर्शकको हृदयघातका कारण मृत्यु

एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ हेर्न पुगेका एक दर्शकको हृदयघातका कारण निधन भएको छ।

ओबुलेस नाम गरेका ३० वर्षीय युवकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।आन्ध्र प्रदेशको अनन्तपुरस्थित एक सिनेमा घरमा उनको मृत्यु भएको जनाइएको छ। लामो समयसम्म उनको धड्कन बन्द भएपछि साथीहरूले उनलाई नजिकैको अस्पताल लगेका थिए। तर डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

‘आरआरआर’ले बलिउडमा रेकर्ड बनाएको छ। रिलिजअघि नै फिल्मले वितरण, स्याटेलाइट, म्युजिकजस्ता अधिकार बेचेर करिब ८०० करोड कमाइसकेको दाबी गरिएको छ।

फिल्ममा रामचरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved