बक्स अफिसमा निकै सफल बनिरहेको बलिउड मुभी ‘कश्मीर फाइल्स’बारे सामाजिक सञ्जालमा बहस भइरहेको छ।
भारतीय सेन्सर बोर्डले फिल्मलाई ‘जिरो कट’ का साथ रिलिज गरेको चर्चा चलेको थियो। यसबारे भारतको तृणमूल कांग्रेसका राष्ट्रिय प्रवक्ता संकेत गोखलेको ट्विट पनि भाइरल बनेको थियो।
जसमा उनले फिल्ममा एउटा पनि ‘कट’ नरहेको लेखेका छन्। यस फिल्मका निर्देशक विवेक अग्निहोत्रीको दबदबा सेन्सर बोर्डमा रहेको पनि उनले उल्लेख गरेका थिए। तर, अग्निहोत्रीले यो ट्विटको जवाफ दिएका छन्। तैपनि फिल्ममा कुनै दृश्य काटिएको छैन भन्ने चर्चा चलिरहेको छ।
काटिएको भए पनि ती दृश्यहरू के थिए ?
फिल्मलाई भारतीय चलिचित्र बोर्डले ‘ए’ सर्टिफिकेट दिएको थियो। ७ ठाउँमा साना साना क्लिपहरू काटिएका थिए। संकेत गोखलेको जवाफमा विवेक अग्निहोत्रीले ट्विट गर्दै झुटो कुरा नफैलाउन आग्रह पनि गरेका छन्।
यसअघि विवेक अग्निहोत्रीले भारतीय एक मिडियालाई भनेका थिए- सेन्ट्रल बोर्ड अफ सर्टिफिकेशनले शुरुमा फिल्मका शुरुआती केही दृश्यहरू कटौतीको लामो सूची राखेको थियो। तर, त्यसका लागि मैले संघर्ष गरें। समितिले इस्लामिक आतंकवादी शब्दमा आपत्ति जनाएको उनले बताएका थिए।
करीब २४ ओटा दृश्य काट्न आग्रह गरे पनि आफूले बहस गरेर सबुत प्रमाण देखाएको र बोर्डलाई सम्झाउन दुई महीना लागेको उनले बताए।
फिल्ममा राष्ट्रिय झण्डा भुइँमा खसेको दृश्य हटाइएको छ। एउटा दृश्यमा आतंकवादीसँग भारतका पूर्वप्रधानमन्त्रीको तस्बिर पनि हटाइएको थियो।
टीभी च्यानलको लोगो पनि हटाइएको थियो। विश्वविद्यालयको भुइँमा लेखिएको ‘बलात्कार’ शब्द धमिलो देखाइएको छ। ‘डिस्को सीएम’ शब्द काटियो छ। जहाँ पण्डित र हिन्दू शब्दका ठाउँमा जहाँ जहाँ गाली गरिएको छ उक्त दृश्यहरू पनि हटाइएको थियो। यसबाहेक विश्वविद्यालयको नाम जेएनयूबाट परिवर्तन गरी एएनयू गराइएको थियो।
Facebook Comment
Comment