सलाहलाई भित्र्याउने युभेन्टसको तयारी

नेपालभ्युज

सलाहलाई भित्र्याउने युभेन्टसको तयारी

काठमाडौं । सिरी ए र च्याम्पियन्स लिग दुबै जित्ने उद्देश्यका साथ युभेन्टसले अबको ट्रान्सफर विन्डोमा नयाँ खेलाडीहरूमा ठूलो लगानी गर्ने तयारी गरिरहेको छ। इटलियन पत्रिका गाजेट्टाका अनुसार आकर्षक रकमसहित मोहम्मद्द सलाहलाई क्लबमा भित्र्याउने युभेन्टस्को योजना छ।

यस सिजन युभेन्टस् च्याम्पियन्स लिगको अन्तिम १६ मात्रै बाहिरिएको छ। त्यस्तै, सिरी एमा पनि अहिलेसम्म चौथो स्थानमा छ। शीर्ष स्थानको एसी मिलानसँगको उसको अंकदूरी ७ अंक छ।

गाजेट्टाका अनुसार , यस्तो अवस्थामा टोलीका स्टार खेलाडी पाब्लो ड्याब्लालाई बेच्ने र मोहम्मद्द सलाहलाई भित्र्याउने तयारीमा युभेन्टस् लागिरहेको छ। यसबाहेक टोलीलाई बलियो बनाउन ट्रान्सफर विन्डोका दौरान अन्य स्टारहरूलाई पनि भित्र्याउने विषयमा युभेन्टस्ले विचार गरिरहेको छ।

सलाहलाई भित्र्याउन चाहने युभेन्टस् एक्लो क्लब भने होइन। लिभरपुलका स्टार स्ट्राइकर सलाहलाई भित्र्याउन बार्सिलोना र रियल म्याड्रिडले पनि चासो दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved