चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउँछौँ : प्रवक्ता महत

नेपालभ्युज

चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउँछौँ : प्रवक्ता महत

सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण आगामी स्थानीय निर्वाचनका लागि यही महीना उम्मेद्वारहरुको टुंगो लगाइसक्ने बताएका छन्।

नेपाल प्रेस युनियन सल्यानले सल्यान उद्योग वाणिज्य संघको सभाकक्षमा आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन। निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ। चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं।”, प्रवक्ता महतले भने।

पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद केन्द्रले हेर्न सक्ने पनि उनले बताए। ‘‘जुन तहको उम्मेद्वारी हो , त्यहीँ टुंगियोस्। सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ,” उनले भने।

कांग्रेस प्रवक्ता डा. महतले नेपाली कांग्रेसले आरम्भ गरेको ‘‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ अभियानमा धेरैभन्दा धेरै जनतालाई जोड्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

उनले लोकप्रिय नेताहरूलाई उम्मेदवारका रूपमा अघि सार्न पनि कार्यकर्ताहरूलाई सुझाव दिए। “माथिल्लो तहको चुनावमा सबैले सबैलाई चिनेको हुँदैन त्यसैले पार्टीगत आधारमा मतदान हुन्छ । तर स्थानीय तहको निर्वाचनमा सबैले सबैलाई चिनेको हुन्छ।

उसको आनीबानी,व्यहार, व्यक्तित्व, कार्य क्षमता, योग्यता सबैले जान्ने भएकोले जो उठाउँदा चुनाव जितिन्छ, त्यसलाई उठाउन उचित हुन्छ,’’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved