‘चुनाव सफल बनाउनु छ, एजेण्डा लिएर घरघरमा जानु छ’

नेपालभ्युज

‘चुनाव सफल बनाउनु छ, एजेण्डा लिएर घरघरमा जानु छ’

भक्तपुर। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गरेका छन्। मध्यपुरथिमिमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनका एजेण्डा लिएर घरघर जानुपर्नेमा जोड दिए।

महासचिव पोखरेलले भने, “अब सम्पूर्ण समय पार्टीलाई दिनुहोस्, टोलटोल, वडावडामा परिचालित हुनुहोस्।” कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरघरमा पुगेर जनमत बटुल्न आग्रह गरे। उनले विकास र समृद्धिको नारा लिएर जनतामा जानसमेत कार्यकर्तालाई निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved