भेरीमा बेपत्ता तीन बालबालिकामध्ये एक जनाको शव भेटियो

नेपालभ्युज

भेरीमा बेपत्ता तीन बालबालिकामध्ये एक जनाको शव भेटियो

सुर्खेत। भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ। शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका-५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव आज भेरी पुल नजिक भेटिएको हो।

बेपत्ता बालबालिकाको खोजीका लागि सुर्खेत नम्बर ३२ रक्तकाली गणबाट विपद् उद्धार तथा बाँकेको शम्शेरगञ्जस्थित रिजर्भ गणबाट गोताखोर टोली परिचालन गरिएको थियो।

रक्तकाली गण सुर्खेतका प्रमुख विमल डाँगीले मेहेलकुना अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइएको जानकारी दिए। दिनेशसँगै बेपत्ता भएका भेरीगंगा नगरपालिका-११ रामघाटका १० वर्षीया गंगा खड्का र आठ वर्षीया कृष्णा सिञ्जाली अझै भेटिएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved