जनकपुरधाम। मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा सजाए तोकिएपछि फरार पतिपत्नीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१३ बस्ने ४२ वर्षीय रामजी पासमान र उनका ३२ वर्षीया श्रीमती विभा पासवान छन्।
मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा जिल्ला अदालत धनुषाको २०७७ माघ २२ गतेको फैसलाले रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना र विभालाई १७ वर्ष कैद तथा १ लाख ५० हजार जरिवानाको फैसला सुनाइएको थियो ।
अदालतको फैसलापश्चात् दुवै जना फरार रहेका थिए। प्रहरीले दुवैलाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशानुसार कारागार कार्यालय सुनसरीको झुम्का पठाइने डीएसपी बस्नेतले जानकारी दिए।
Facebook Comment
Comment