सपूतको गीतले महिलाहरूको चरित्र हत्या भयो, माफी माग्न आग्रह गर्छौंः माओवादी भ्रातृ संगठन

नेपालभ्युज

सपूतको गीतले महिलाहरूको चरित्र हत्या भयो, माफी माग्न आग्रह गर्छौंः माओवादी भ्रातृ संगठन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट भ्रातृ संगठनले गायक प्रकाश सपूतको ‘पिर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन्।

अखिल नेपाल महिला संघ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरलगायतले विज्ञप्ति जारी गरी गीतको भिडिओमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी समग्र जनयुद्धप्रति नै अपमान गरेको भन्दै आपत्ति जनाएका हुन्।

‘नितान्त झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ, साथै उक्त म्युजिक भिडिओ युट्युब च्यानलबाट तुरुन्त हटाई त्यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

तर मूल पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गीतको विरोध गर्नु उपयुक्त नरहेको टिप्पणी गरेका छन्। धनगढी विमानस्थलमा पत्रकारहरूसँग आज कुरा गर्दै प्रचण्डले सशस्‍त्र द्वन्द्वका लडाकूहरूले अहिले खाडीमा दु:खपूर्ण जीवन बिताइरहेका र आफू भ्रमणमा जाँदा माओवादी जनयुद्धका सयौँ लडाकूलाई कतार, मलेसियामा भेट्ने गरेको बताए।

गीतमा गम्भीर विषय उठाएको भन्दै बरु प्रचण्डले सपूतको प्रशंशा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved