पार्टीका महत्वपूर्ण निर्णय व्यक्तिले नभई बैठकले गर्नुपर्छः डा भट्टराई (राजनीतिक प्रतिवेदनसहित)

नेपालभ्युज

पार्टीका महत्वपूर्ण निर्णय व्यक्तिले नभई बैठकले गर्नुपर्छः डा भट्टराई (राजनीतिक प्रतिवेदनसहित)

काठमाडौं। जसपाको शनिबार शुरु संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले ३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा उनले पार्टी संगठनभित्रको कार्यप्रणाली सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीमा आधारित हुनुपर्ने लेखेका छन्।

पार्टीका महत्वपूर्ण निर्णयहरू व्यक्तिले नभई, बैठकले गर्नुपर्ने लेखेका उनले पार्टी संगठनको व्यवस्थित अभिलेख प्रणाली हुनुपर्ने उल्लेख गरे।

बैठकमा प्रतिवेदन पेस गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले पार्टीको राजनीतिक जीवनमा विभिन्न आरोहअवरोह आउनु स्वाभाविक भएको उल्लेख गरेका छन्। अप्ठ्यारा र आरोहअवरोहलाई सामना गर्न र पचाउन सक्नपर्ने उनले बताए।

पार्टीमा अभिलेख राखिएका निर्णय मात्रै आधिकारीक निर्णय हुने भट्टराईको भनाइ छ। पार्टीमा जिम्मेवारी लिने तर पूरा नगर्ने प्रवृति सैह्य नहुने प्रतिवेदनमा उल्लेख छ।

डा भट्टराईको राजनीतिक प्रतिवेदन

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved