‘एक्सिडेन्टल फायरिङ’ का कारण पाकिस्तानमा मिसाइल झरेको भारतको दाबी

नेपालभ्युज

‘एक्सिडेन्टल फायरिङ’ का कारण पाकिस्तानमा मिसाइल झरेको भारतको दाबी

एजेन्सी। भारतले ९ मार्चमा प्रहार गरेको एक मिसाइल पाकिस्तानको क्षेत्रभित्र खसेको पुष्टि भएको छ। भारतको रक्षा मन्त्रालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै ‘एक्सिडेन्टल फायरिङ’ का कारण यस्तो भएको जनाएको छ।

९ मार्च २०२२ मा रुटिन मेन्टिनेन्सका दौरान टेक्निकल कारणले यो घटना घटेको मन्त्रालयले जनाएको छ। सरकारले यस घटनालाई गम्भिरताका साथ लिएको जनाएको छ र घटनाकाका विषयमा छानविन समिति गठन गरेको छ।

यस दुर्घटनाका बाबजुद कुनै मानवीय ताथ भौतिक क्षति भने नभएको भारतले जनाएको छ। यसअघि बिहीबार साँझ पाकिस्तानी मेजर जनरल बाबर इफ्तिखारले पत्रकार सम्मेलनमा यस घटनाबारे खुलासा गरेका थिए।

उनले भनेका थिए, ”भारतबाट हाम्रो देशका केही चिज दागिएको थियो। यसलाई हामी मिसाइल भन्नसक्छौं। यसमा कुनै तरिकाको हतियार वा बारुद थिएन । कुनै विध्वंश भएन। तर यसलाई हामी सुपर सोनिक मिसाइल वा सोनिक फ्लाइङ अब्जेक्ट भन्नसक्छौं।”

बाबरले पत्रकार सम्मेलन गर्नुअघिसम्म पाकिस्तानी सञ्चारमाध्यमहरुले आफ्नो इलाकामा भारतीय विमान दुर्घटनामा परेको अनुमान लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved