नोबेल कलेजको दाबी, ‘अतिरिक्त शुल्क लिएका छैनौँ, विद्यार्थीले भ्रम फैलाए’

चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरूबाट कलेजले होस्टेलको बहानामा बढी पैसा लिएको पुष्टि भएर पटकपटक ध्यानाकर्षण गराए पनि अटेर गरेकाले अबको विकल्प कारबाही गर्ने चेतावनी दिएको थियो।

नोबेल कलेजको दाबी, ‘अतिरिक्त शुल्क लिएका छैनौँ, विद्यार्थीले भ्रम फैलाए’

विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीहरूसँग चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शुल्कविपरीत शुल्क नलिएको दाबी गरेको छ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कलेजले यस्तो दाबी गरेको हो। एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरूले कलेजको बारेमा कपोकल्पित र भ्रामक कुरा उल्लेख गरी विभिन्न सञ्चारमाध्यममा अफवाह फैलाएको भन्दै कलेजले यसमा कुनै सत्यता नरहेको जारी विज्ञप्तिमा उल्लेख छ। ‘‘यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शीर्षकहरूमा तोकिएको भन्दा कुनै बढी शुल्क माग गरेको छैन,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘यस प्रकारको भ्रामक सूचना प्रवाह नगर्न विद्यार्थीहरूलाई आग्रह गर्दछौ र यस्तो कपोकल्पित कुरामा विश्वास नगर्नुहुन सबैमा अनुरोध छ।’’

नोबेल मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयबिच २०७८ पुस ३० गते भएको लिखित सहमतिलाई अक्षरस पालना गर्न कलेज प्रतिबद्ध रहेको नोबेलले जनाएको छ। यस्तै, विद्यार्थीहरूलाई कलेजमा उपस्थित भई अध्ययन गर्न कुनै बाधा व्यवधान नरहेको पनि नोबेलले स्पष्ट पारेको छ।

हालसम्म नियमित अध्ययन प्रक्रियामा समावेश नभएका विद्यार्थीहरूलाई यथासक्य चाँडो कलेजको सम्पर्कमा आएर अध्ययनमा सहभागी हुने वातावरण मिलाइदिन नोबेलले चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयलाई अपिल समेत गरेको छ।

कलेजले अतिरिक्त शुल्क लिएर विद्यार्थीलाई ठगेको आरोपसहित विद्यार्थीहरू आन्दोलनरत छन्। चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरूबाट कलेजले होस्टेलको बहानामा बढी पैसा लिएको पुष्टि भएर पटकपटक ध्यानाकर्षण गराए पनि अटेर गरेकाले अबको विकल्प कारबाही गर्ने चेतावनी दिएको थियो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved