मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल चार करोड रुपैयाँ रकम स्वीकृत गरेको हो।

नेपाल भ्यूज

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड
फाइल तस्वीर

सिन्धुपाल्चोक। गत १ असार र १६ साउनमा आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा चार करोड रुपैयाँ रकम विनियोजन गरेको छ।

भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल चार करोड रुपैयाँ रकम स्वीकृत गरेको हो।

पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए।

प्रदेशसभा सदस्य दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो।

मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने दुलालको भनाइ छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved